clean energy nepal

Event News

वजेटमा वातावरण, स्वच्छ उर्जा र जलवायु परिवर्तन विषयक छलफल कार्यक्रम सन्चालन

 स्वच्छ उर्जा नेपालले सरकारद्वारा प्रस्तुत बजेटको  विषयमा केन्द्रित भएर छलफल कार्यक्रम सन्चालन गरेको छ जुममा सन्चालन गरिएको उक्त कार्यक्रममा वक्ताहरुले वातावरण, स्वच्छ उर्जा र जलवायु परिवर्तन सम्वन्धि वजेटमा गरिएको व्यवस्थाको विषयमा आफ्नो धारणा राखेका थिए कार्यक्रममा पुर्व-जलस्रोत मन्त्री दिपक ज्ञवाली, वन तथा वातावरण मन्त्रालयका उप सचिव डा. केसव गौतम, जलवायु परिषदका सदस्य कुशल गुरुङ, स्वच्छ उर्जा नेपालका अधक्क्ष भुषण तुलाधर र वातवरण विज्ञान केन्द्रीय विभाग, त्रिभुवन विस्वविध्यालयका विभागीय प्रमुख प्राध्यापक डा. रेजिना मास्के, जलवायु बिज्ञ मधुकर उपाध्याय र स्वच्छ उर्जा नेपालका कार्यकारी सदस्य मन्जित ढकालले आ-आफ्ना भनाईहरु राखेका थिए

कार्यक्रममा बोल्दै भुषण तुलाधरले बजेटले वातवरण र स्वच्छ उर्जाको बिषयलाई सम्वोधन गर्न नसकेको र वातावरण र स्वास्थ्य विचको अन्तरसम्बन्धलाई पहिलाउन नसकेको भनाइ राख्न्नु भयो  कुशल गुरुङले स्वच्छ उर्जामा वजेट केहि सकारात्मक भए पनि बजेटले कार्यान्वयनको लागि स्पस्ट कार्यनीति दिन नसकेको बताउनुभयो गुरुङले आगामी वर्ष हुने बिद्धुतको थप उत्पादन कसरि खपत गर्ने भन्ने विषयमा वजेट मौन रहेको बताउनुभयो

जलवायु विज्ञ मधुकर उपाध्यायले प्रस्तुत वजेट जलवायु परिवर्तनको हिसावले सुन्य रहेको बताउनु भयो ऊहाले जलवायु परिवर्तनको बढ्दो प्रभावसंग जुध्न कुनै योजना नरहेको बताउनुभयो  प्राध्यापक डाक्टर रेजिना मास्केले वातावरण तथा जलवायु परिवर्तन सम्वन्धि अध्ययन अनुसन्धानका लागि सरकारले बजेट घटाएर  पहिले देखि कम्जोर रहेको अनुसन्धानको पाटोलाइ अझ साँगुरो बनाएकोको धारणा व्यक्त गर्नु भयोकार्यक्रममा वोल्दै  वन तथा वातावरण मन्त्रालयका उप-सचिव डा. केसव गौतमले जलवायु परिवर्तनले धेरै क्षेत्रमा प्रभाव पार्ने भन्दै बजेटले जलवायु परिवर्तन नीतिले निर्देश गरेको बिभिन्न क्षेत्रहरुलाई समावेस गरेको वताउनु भयो

पुर्व-जलस्रोत मन्त्री दिपक ज्ञवालीले देशलाई आत्मनिर्भर बनाउन स्पस्ट उद्योग विकास गर्न आवस्यक कर तथा कर छुटको स्पस्ट योजना सरकारले प्रस्तुत गर्न नसकेको बताउनु भयो  साथै बिद्धुतीय सवारीसाधनमा कर थपेर सरकार उल्टो बाटो हिड्न खोजेको बताउनु भयो कार्यक्रममा बोल्दै स्वच्छ उर्जा नेपालका कार्यकारी सदस्य मन्जित ढकालले वातावरण सम्वन्धि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रति सरकार सजग छ भन्ने उल्लेख गरिएतापनि प्रस्तुत बजेटका प्राथमिकता हेर्दा सरकार सजग छ भन्ने कुरामा प्रश्नचिन्ह उठेको वताउनुभयो ।

कार्यक्रमका सहभागीहरुले बिद्धुतीय सवारीसाधनलाई प्रवर्धन गर्ने भने पनि बिद्धुतीय सवारीसाधनमा थपिएको कर र पेट्रोलियम पाइपलाइनको विस्तारगर्ने सरकारको निर्णयले सरकार वास्तविक रुपमा पेट्रोलियम पदार्थमा देशको निर्भरता घटाउन प्रतिवद्ध छैन भनेर देखाएको बताए त्यस्तै, प्रदूषणकर वाट उठेको रकम वातावरण संरक्षणमा यथासिघ्र लगाउन र वायु, जल र ध्वनी लगायतका प्रदूषण नियन्त्रणक मापदण्ड यथासक्य अध्यावदिक गरि प्रभावकारी कार्यन्वयन गर्न पनि माग गरेका छन साथै बिद्धुतीय सवारीसाधनमा थपिएको कर यथासिघ्र हटाउन र जलवायु परिवर्तन संग जुध्ने, वन तथा वातावरण संरक्षण, स्वच्छ उर्जाको प्रवर्धन, चुरे संरक्षण गर्ने कार्यक्रमहरुको स्वागत गर्दै ति कार्याक्रमहरु यथाशिघ्र कार्यन्वयन गर्न पनि माग गरेका छन कार्यक्रममा बिभिन्न क्षेत्रबाट एक सय भन्दा बढी सहभागी भएका थिए

Add Your Comment speech

   

Also See