जनकपुरधाममा वायु गुणस्तर अनुगमन सम्बन्धी युवा तालिम सम्पन्न
धनुषा/बैशाख ३० गते। मधेश प्रदेशको राजधानी जनकपुरधाममा वायु प्रदूषण नियन्त्रण तथा स्वच्छ वातावरणप्रति युवाहरूलाई सचेत र सक्रिय बनाउने उद्देश्यले वायु गुणस्तर अनुगमन सम्बन्धी युवा तालिम सम्पन्न भएको छ। स्वच्छ ऊर्जा नेपाल (CEN) ले नेप्लिजिज युथ फर क्लाइमेट एक्सन (NYCA) जनकपुरसँगको सहकार्यमा “नेपाल वायु गुणस्तर सुधार कार्यक्रम” अन्तर्गत उक्त तालिम आयोजना गरेको हो ।
तालिम सत्रमा युवाहरूलाई वायु प्रदूषणको वर्तमान अवस्था, यसले मानव स्वास्थ्यमा पार्ने नकारात्मक असर तथा वातावरण संरक्षणमा युवाको भूमिकाबारे विस्तृत जानकारी दिइएको थियो । कार्यक्रममा CEN का केशव राज पोखरेलले सहजीकरण गर्दै नेपालमा बढ्दो वायु प्रदूषण संकट, विशेषगरी PM2s र PM, जस्ता सूक्ष्म कणहरूले मानव स्वास्थ्यमा पुऱ्याउने गम्भीर प्रभावबारे प्रस्तुति दिएका थिए । उनले वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी रोग, मुटुका समस्या तथा दीर्घकालीन स्वास्थ्य जटिलता बढ्दै गएको उल्लेख गर्दै स्वच्छ हावाको अधिकार सुनिश्चित गर्न समुदायस्तरबाट नै पहल आवश्यक रहेको बताए ।