धुलिखेल नगरपालिकाद्वारा बहुपक्षीय खनिज इन्धन अप्रसार सन्धि प्रस्तावको समर्थन

 

काभ्रेको धुलिखेल नगरपालिका बहुपक्षीय खनिज इन्धन अप्रसार सन्धि प्रस्तावको समर्थन गर्ने दक्षिण एसियाको पहिलो सहर बनेको छ।
जलवायु परिवर्तन मानवसँगै समग्र प्राणी तथा वनस्पति जगत्का लागि घातक रहेको र जलवायु परिवर्तनको कारकका रूपमा खनिज इन्धनको अत्यधिक प्रयोग तथा उत्खनन रहेकाले आफूहरूले नागरिक तहबाट सुरु भएको प्रस्तावित सन्धिलाई समर्थन गरेको धुलिखेल नगरपालिकाले जनाएको छ।

;