वजेटमा वातावरण, स्वच्छ उर्जा र जलवायु परिवर्तन विषयक छलफल कार्यक्रम सन्चालन

स्वच्छ उर्जा नेपालले सरकारद्वारा प्रस्तुत बजेटको विषयमा केन्द्रित भएर छलफल कार्यक्रम सन्चालन गरेको छ। जुममा सन्चालन गरिएको उक्त कार्यक्रममा वक्ताहरुले वातावरण, स्वच्छ उर्जा र जलवायु परिवर्तन सम्वन्धि वजेटमा गरिएको व्यवस्थाको विषयमा आफ्नो धारणा राखेका थिए। कार्यक्रममा पुर्व-जलस्रोत मन्त्री दिपक ज्ञवाली, वन तथा वातावरण मन्त्रालयका उप सचिव डा. केसव गौतम, जलवायु परिषदका सदस्य कुशल गुरुङ, स्वच्छ उर्जा नेपालका अधक्क्ष भुषण तुलाधर र वातवरण विज्ञान केन्द्रीय विभाग, त्रिभुवन विस्वविध्यालयका विभागीय प्रमुख प्राध्यापक डा. रेजिना मास्के, जलवायु बिज्ञ मधुकर उपाध्याय र स्वच्छ उर्जा नेपालका कार्यकारी सदस्य मन्जित ढकालले आ-आफ्ना भनाईहरु राखेका थिए।

;